काठमाडौं, २१ असार । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईँलाई भुक्तानी नदिनुको कारण पेश गर्न निर्देशन दिएका छन् । धरान–१६ स्थित बहुभाषिक पाठशाला बाढीबाट जोगाउन तारजाली लगाइएको र त्यसको भुक्तानी दिन बिलम्ब भएको भन्दै उनले स्पष्टीकरण सोधेका हुन् ।
‘आफैंले सम्झौता गरी सबै प्रक्रिया पुरा भएको अवस्था, सार्वजनिक परीक्षण समेत भइसकेको अवस्थामासमेत भुक्तानी नदिनुको कारण पेश गर्न निर्देशन छ,’– पत्रमा भनिएको छ ।




प्रतिक्रिया