पेरिसडाँडामा पाँच कम्युनिष्ट घटकहरुको जमघट


काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पाँच कम्युनिस्ट पार्टीको बैठक बसिरहेको छ ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको बताइएको छ ।