जन्मदिनको अवसरमा पूर्वराजाको सन्देशः यो नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो (भिडिओसहित)


काठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले देश गम्भीर संकटमा फसेको टिप्पणी गरेका छन् । आज (सोमबार) जन्मोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय रहेको बताएका हुन् ।

‘आज जो जहाँदेखि आउनुभएको छ, सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । यो समय नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो,’– उनले भने ।

साथै, उनले नेपालमा जन्मिएरमात्रै नेपाली नभइने बताए । उनले नेपाल हामीभित्र हुनुपर्ने र अनिमात्रै नेपाली भइने बताए । जन्मोत्सवको अवसरमा आयोजित समारोहमा आइदिएको भन्दै उनले खुसी व्यक्त गरे ।