प्रचण्ड र शेखरको भेटवार्तामा अमरेशकुमार सिंहपनि सहभागी भएको खुलासा


काठमाडौं, २ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक सक्रियता बढाएका छन् । हिजो (शुक्रबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका शेखरले आज विहानै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन् ।

प्रचण्डसँगको भेटवार्तामा भने स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सहभागी रहेको खुलेको छ । सिंह शेखरसँग निकट नेता मानिन्छन् । कांग्रेसबाट राजनीति गरेका सिंह सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको विरोधी मानिन्छन् । उनले शेखरलाई प्धानमन्त्री बनाउनको लागि लविङ गरिरहेका छन् ।

हिजोको प्रचण्डसँगको भेटवार्तामा पनि उनै अमरेश सहभागी भएको खुलेको हो । अहिलेको कांग्रेस–एमालेको सरकार ढालेर नयाँ गठबन्धनको गृहकार्यको लागि शेखरले सक्रियता बढाएको अमरेशको भनाई छ । उनले आफूनिकट नेताहरुसँग शेखरको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने आधार सुनाउने गरेका छन् ।