काठमाडौं, २ साउन । नेकपा (एमाले) को आजबाट सुरु भएको पोलिटब्युरो बैठक भोलि (शनिबार) विहान ११ बजे बस्नेगरी स्थगित् भएको छ । पार्टी मुख्यालय च्यासलमा आजबाट सुरु भएको पोलिटब्यूरो बैठकमा ६ जना सदस्यले बोलेका थिए । पोलिटब्यूरो बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा छलफल चलिरहेको छ ।
हिजो बसेको सचिवालय बेठकले विद्यानको मस्यौदाबारे एकसरो सहमति गरेको छ । एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबारको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो ।




प्रतिक्रिया