काठमाडौं, ३ साउन । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने विषयमा गम्भीर असहमति राखेका छन् । उनले भण्डारीलाई सक्रिय पार्टी पंक्तिमा फर्केर राष्ट्रपतिको मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्नी नगर्न सुझाव दिएका छन् ।
पार्टीको जारी पोलिटब्यूरो बैठकमा आफ्नो धारणा राख्दै नेता बस्नेतले राष्ट्रपति भैसकेको व्यक्ति पूनः सक्रिय राजनीतिमा आउने कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल नखाने भनेका छन् । पार्टीको पदीय दायीत्व छनोट चाहनाले मात्र नभएर विधिले तय हुने कुरा सम्झाएका छन् ।
बस्नेतले एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिँदा असक्षम बनाउने र खुइलाउने रोग बढेको चित्रढा गरेका छन् । उनले भनेका छन्,‘जतिसुकै असक्षमको ट्याग लागेपनि परिभाषित काममा आफ्नो क्षमता प्रदशन गरौंला । हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताब गर्दछु ।’
यस्तो छ बस्नेतले बैठकमा राखेको आफ्नो धारणा:
समसामयीक बिषयमा ।
१ बिध्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको ब्यक्ति हो । सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ति गर्नु हुन्न। जुन कुरा लोकतन्त्र र अन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको पदिय दायीत्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।
२ ️ उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुन्छ ? नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन यती गम्भिर बिषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्द्छ।
३ ️ ७० वर्ष उमेर मापदण्ड हिजो हामीले नै बनाएको हो, बीचमै आवश्यकताले हटायौं अब त्यसको औचित्य देखिएन । अवकाश स्वचालित होइन , क्षमता र स्वेच्छाले हुने बिषय हो, ‘मकुन्द न्यौपाने’ जस्तो पार्टी प्रबेश गर्दा पद लिन हटाउँ भन्ने पद पाएपछि चाहिदैन भन्ने दोधार परिस्थिति नहोस्।
४ ️ २ कार्यकालको सीमा महाधिवेशनले हटाएको हो ।अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलगाऔं। क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔं। अब हटाउने प्रस्ताब सचिबालयले ल्याएको छ पास गरौ ।
५ ️ बिध्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं।
६ ️ सचिवालयमा बहुमत छ भनि मिडियाबाजी गरेर … लाई अध्यक्ष बनाउने गरी निर्णय गराउछौ भन्ने । अफू अनुकुल निर्णय नभएपछि अण्ट सण्ट बोल्ने काम बन्द गरौं। सचिवालयको बिधान संसोधन प्रस्ताव ल्याएको छ पोलिटब्युरोले परिमार्जन गरेर सर्वसम्मत पास गरौं।
७ ️ कहिले आफ्नो बरिष्ट पद ह्टदा टुलु टुलु हेरेर बसे भन्ने र कहिले केपी ओलीलाई औँला ठड्याएर चुनौती दिए भनेर मिडियामा नाम आएका ७० काटेका नेताहरूलाई खुला रूपमा उम्मेदवार बन्न हौसला दिने प्रस्ताब सचिबालय बाट आएको छ । त्यस्तो आग्रह नराखि उहाँहरुलाई नै प्रतिष्पर्धा गर्ने बाताबरण बनाउने फराकिलो निर्णय गर्ने हिम्मत गर्न के पी ओलीजस्तै बिशाल छाती चाहिन्छ।
८ ️ अहिले प्रचण्ड, शेखर र बिध्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अ्मरेस सिं ले भन्ने। चीन भ्रमण देखि नारायणकाजी, शेखर कोइराला संग बिध्या कमरेडको भेटघाट र ‘सहयोग माग’ बाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।
९ एमालेभित्र नेतृत्वको र पार्टिको पक्षमा उभिदा असक्षम बनाउने र खुइलाउने रोग बडेको छ । जति सुकै असक्षमको ट्याग लागेपनि परिभाषित काममा आफ्नो क्षमता प्रदशन गरौंला ।हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताब गर्दछु ।
बिधान सित सम्बन्धित सुझाब ।
१ ️ स्थायी कमिटीको संख्या २५ पुर्याउने।
२ ️ उपत्यका बिशेष कमिटी गठन गर्ने।
३ ️ प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला कमिटीहरू विस्तार गर्ने।
४ ️ तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटीहरू गठन गर्ने।




प्रतिक्रिया