भण्डारी च्यासलमा, ओलीसँग निर्णायक वार्ता


काठमाडौं, ४ साउन । एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको मुख्यालय च्यासलमा पुगेकी छिन् । आफ्ना सहयोगी लिएर भण्डारी भर्खरै च्यासलमा प्रवेश गरेकी हुन् । पार्टी कार्यालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता तय भएको छ ।

भण्डारीलाई एमालेको राजनीतिमा फर्काउनको लागि ओली अनिच्छुक सुनिन्छन् । अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरणमा नै प्रश्न उठाएका छन् । सचिवालय र पोलिटब्यूरो बैठकबाट ओलीअनुकुलको विद्यान संशोधनको प्रस्ताव पारित भएको छ ।

पोलिटब्यूरो बैठक सकिएको भोलिपल्ट र केन्द्रीय कमिटी बस्ने अघिल्लो दिन भण्डारी आज अध्यक्ष ओलीसँग वारपारको लागि च्यासल पुगेकी हुन् ।