रुपन्देही–३ उपनिर्वाचन : असोज २१ गते उम्मेद्वारको मनोनयन दर्ता हुने


काठमाडौं, ४ साउन । निर्वाचन आयोगले आगामी कार्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आज (आइतबार) स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि १० बजेसम्ममा उमेदवारको सूची प्रकाशन हुनेछ ।

यस्तो छ निर्वाचन कार्यतालिका