ओली–भण्डारी भेटवार्ता सकियो


काठमाडौं, ४ साउन । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सम्पन्न भएको छ । एमाले पार्टी मुख्यालय च्यासलमा भएको भेटवार्तामा भर्खरै सम्पन्न भएको हो ।

भेटवार्ता सकिएपछि प्रधानमन्त्री ओली प्रतिक्रिया नदिईकन बाहिरिए भने भण्डारीले प्रतिक्रिया दिएकी छिन् ।भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको विषयमा अहिले पार्टीभित्र चर्को विवाद उत्पन्न भएको छ । अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता नै नवीकरण नभएको दाबी गरेका छन् ।

तर, भण्डारीले गत असार १४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आफूले देशको सेवा गर्ने उद्देश्यले एमालेको सदस्यता नवीकरण गरिसकेको घोषणा गरेकी थिईन् । यो विषय एमालेको सचिवालय र पोलिटब्यूरो बैठकको समेत चर्चाको विषय बनेको थियो ।