काठमाडौं, ४ साउन । कास्की कारागार ब्लक ‘ए’ मा कैदीबन्दीहरु नै आन्दोलित भएका छन् । कैदीहरु नै आन्दोलनमा उत्रिनुको कारण भने कनिष्ठलाई चौकीदार तोकिनु रहेको छ । अजय गुरूङलाई चौकिदार तोकेपछि कैदीहरु आन्दोलनमा उत्रिएका हुन् । अजयलाई कुनैपनि हालतमा चौकिदार स्विकार नगर्ने अधिकांश कैदीबन्दीहरुको माग छ । यतिवेला कास्की प्रशासन के गर्ने भन्नेबारे छलफलमा जुटेको बताईन्छ ।
उता, सिराहा कारागारमा पनि झडपको अवस्था बनेको छ । आज दिउँसो ३ बजे कैदीबन्दीहरु प्रदर्शनमा उत्रिएको बताईन्छ । त्यहाँपनि नाइके तोक्नेबारे विवाद भएको हो । स्थिति तनावग्रस्त हुँदा एक दर्जन कैदीबन्दीहरु घाईते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । file photo




प्रतिक्रिया