काठमाडौं, ५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नीतिगत सुधार नगरी समृद्धि हाँसिल गर्न नसकिने बताएका छन् । आज (सोमबार) सीएनआई (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग खुमलटारमा भेट गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । राज्यको माइन्ड सेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता रहेको पनि दाहालले औंल्याए ।
उनले भने,‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन, राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’ सो क्रममा सीएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण समेत गरेका छन् ।




प्रतिक्रिया