एमाले केन्द्रीय कमिटी बैठक सुरू


काठमाडौं, ५ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।

एमाले विद्यान महाधिवेशनको तयारीमा जुटेको छ । आगामी भदौ तेस्रो साताबाट सुरु हुने विद्यान महाधिवेशनको तयारीको लागि पछिल्लो समय सचिवालय र पोलिटब्युरो बैठक बसेको हो । आजबाट भने केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।