काठमाडौं, ६ साउन । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठक जारी छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अहिले केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । प्रत्येक केन्द्रीय सदस्यहरुलाई बोल्नको लागि तीन मिनेटको समय छुट्टयाईएको छ । अहिले एमाले पार्टीको विधान महाधिवेशनमा केन्द्रित छ ।
आगामी भदौको तेस्रो साता हुने विद्यान महाधिवेशनको तयारीस्वरुप सचिवालय, पोलिटब्यूरो हुँदै अहिले केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठक हिजोबाट सुरु भएको हो । हिजो ४९ जना सदस्यहरुले आफ्नो धारणा राखेको बताईन्छ । बैठक सकेसम्म आजै सक्ने तयारी गरिएको छ ।





प्रतिक्रिया