काठमाडौं, ६ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व कानूनमन्त्री पदम गिरीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको विकल्प नभएको बताएका छन् । उनले नेकपाको महाविपत्ति र ०७९ को निर्वाचनमा महागठबन्धनविरुद्ध ओलीकै नेतृत्वमा लड्दा पार्टीले जित हाँसिल गरेको भन्दै अब मिसन ०८४ को लागि पनि ओलीकै नेतृत्वमा एमाले जानुपर्ने मत राखेका हुन् ।
पार्टीको जारी केन्द्रीय कमिटीमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो मत राखेका हुन् । उनले राष्ट्रपति भइसकेका व्यक्तिले पार्टीको राजनीतिमा फर्किने कुरा परिकल्पना नगरिएको भन्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा हुन लागेको सक्रियताको आलोचना गरे । उनले पार्टीले भण्डारीलाई राजनीतिमा आउन दिन नहुने मत राखेका हुन् । उनले पार्टी सदस्यताको विषयमा पनि पार्टीले संस्थागत निर्णय लिनुपर्ने बताए । file photo




प्रतिक्रिया