कुलिङ पिरियडको प्रावधानमा एमाले एकमत रहेको महशुस भएन : माओवादी सांसद चन्द


काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) की राष्ट्रियसभा सदस्य रेणु चन्दले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको कुलिङ पिरियडमा सरकारको नेतृत्व गरेको दल एमाले नै एकमत नरहेको आरोप लगाएकी छिन् । आज (मंगलबार) राष्ट्रियभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले कुलिङ पिरियडको सम्बन्धमा पार्टीको धारणा के हो भनेर एमालेलाई सोधेकी छिन् ।

उनले भनिन्,‘यही रोष्ट्रमबाट केही दिन अगाडि सूचना प्रविधि तथा सञ्चारमन्त्रीले निजामती विधेयक पेस गर्दा भन्नुभयो– भाइरस पस्यो । राष्ट्रिय सभाले ठीक गरिदिन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।’ उनले कुलिङ पिरियडमा एमालेकै सांसदहरुले राष्ट्रियसभामा संशोधन हालेको भन्दै अहिले एमालेमा लाइन क्रसको होडबाजी चलेको भन्दै एमाले र संशोधन हाल्नेहरुको लाईन मिलेन कि क्या हो ? भनेर प्रश्न सोधिन् ।

उनले एकीकृत निर्वाचन कानून ल्याउन किन ढिलाई भएको भन्दै प्रश्न उठाईन् । उनले निर्वाचनलाई कम खर्चिलो बनाउने कोशिस गर्नुपर्ने पनि धारणा राखिन् । उनले भनिन्–‘यो विद्येक ल्याउन किन ढिलाई भयो ? यसको जवाफ सरकारले दिनुपर्छ ।’