काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा विशेष सम्बोधन गर्ने भएका छन् । आजै प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रमपनि छ । तर, त्यसअघि नै प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्ने भएका हुा ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार प्रश्नोत्तर कार्यक्रमअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
सो क्रममा उनले सरकारको उपलब्धिको बारेमा प्रकाश पार्ने बालुवाटारले जनाएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनमा सम्बोधन गरेका थिए । दाहालले सरकारको तिखो आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले आज दाहाललाई पनि जवाफ फर्काउने बुझिएको छ ।




प्रतिक्रिया