काठमाडौं, ७ साउन । नेकपा (माले) का महासचिव सिपी मैनालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले पार्टीमा सक्रिय हुन नदिएको विषयमा आपत्ति जनाएका छन् । उनले एमालेको विद्यानले नै त्यस्तो निर्णय लिन अधिकार नदिएको स्पष्ट पारे । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘त्यसो गर्ने अधिकार एमालेको विधानले पनि दिएको छैन । यदि उहाँहरुले राष्ट्रपतिजस्तो सर्वोच्च पदमा पुगेर देशको संरक्षक भएर बसेको व्यक्ति राजनीतिमा आउनुहुँदैन भनेर उनीहरुले विद्यानमा लेखुन् न । एमालेको विधान अधिवेशन आउँदैछ, लगत्तै ११औं रेगुलर महाधिवेशन पनि हुँदैछ । त्यसमा लेखे भयो नि । तर, अहिले देशको संविधान र कानूनले पनि रोक्दैन । डिसिजन लिने व्यक्ति त अहिले विद्याजी हो । उहाँले राष्ट्रपतिको भूमिकाबाट अलग भएपछि दुई वर्षपछि देशभरि एमालेहरुको भावना बुझ्नुभयो, अनि सक्रिय राजनीतिमा आउने ठान्नुभयो ।’
विद्या भण्डारीले अब खुट्टा नकमाउने र चुप लागेर नबस्ने भनेको कुरालाई मैनालीले स्वभाविक भनेका छन् । उनले अहिले च्यासलमा यस्तो स्थिति किन ल्याएको होला भन्ने कुरा आफूलाई चित्त नबुझेको बताए । उनले ओलीले लिडिङ समूहको म्यानुपुलेशनमा परेर विद्यालाई रोक्न खोजेको भएपनि यो सजिलो नहुने टिप्पणी गरे ।




प्रतिक्रिया