पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बयानको लागि अख्तियार मुख्यालय टंगालमा


काठमाडौं, ७ साउन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बयानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेकी छिन् । अख्तियार स्रोतले जनाएअनुसार उनी विहान १० बजे नै अख्तियारमा पुगेकी हुन् ।

घुस डिल गरेको अडियो बाहिरिएपछि उनीविरुद्ध अख्तियारले अनुसन्धान थालेको हो । मालपोतका कर्मचारीहरुको सरुवा र थमौतीमा रञ्जिताको संलग्नता पाईएको अख्तियारले जनाएका छ ।