दीप प्रज्वलन गरी नेविसंघले मनायो बीपी स्मृति दिवस


काठमाडौं, ७ साउन । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपी कोईरालाको ४३औं स्मृति दिवस दीप प्रज्वलन कार्यक्रम गरेर मनाएको छ । स्मृति दिवसको अवसरमा मंगलबार साँझ काठमाडौंको सहिद गेटमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली सभा मनाइएको हो ।

दीप प्रज्वलन कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा विद्यार्थी विभाग प्रमुख राजीव ढुंगानाकोको उपस्थिति रहेको थियो ।