काठमाडौँ, ९ साउन । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ।
समसमायिक राजनीतिक विषय तथा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू, र पूर्वपदाधिकारीहरू लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। बैठकमा भूमि विधेयक, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्वन्धी व्यवस्थामा भएको गडबडी लगायत विषयमा छलफल हुनेछ ।
यस बैठकले पार्टीभित्र देखिएका पछिल्ला विवादहरू, संसदमा जारी गतिरोध, र आगामी रणनीतिका बारेमा गहन छलफल गर्ने अपेक्षा गरिएको छ।/file photo




प्रतिक्रिया