विद्या भण्डारीले केन्द्रीय कमिटीको फैसला मान्नुहुन्छ भन्ने मेरो विश्वास हो : राजन भट्टराई (भिडिओ सहित)


काठमाडौं, ९ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले एमालेमा मदन भण्डारीको अपमान कसैले गर्न नसक्ने बताएका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘पहिलो त मदन भण्डारीको अपमान गर्ने भन्ने कुरै गलत हो । मदन भण्डारीको कसैले पनि एमालेमा अपमान गर्न सक्दैन, गर्यो भने त्यो मान्छे एमाले हुन सक्दैन ।’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशव्यापी जान्छु र कार्यकर्ताहरु भेट्छु भन्दा पार्टीले रोक्न नसक्ने उनको भनाई छ । उनले भने,‘हिजो पनि रोकेन, आज रोक्दैन अनि भोलि पनि रोक्दैन । तर, जब उहाँले म पार्टीको सक्रिय राजनीतिमा आएँ, त्यतिमात्रै होईन म आउनु भनेको यो कामको लागि हो भनेर औपचारिक रुपमा विषयलाई प्रवेश गराउनुभयो । त्यो पनि एकपक्षीय हिसाबले आफ्नो चाहना राख्दै जानुभयो । त्यसपछि पार्टीले अब के गर्ने भन्ने विषयलाई एजेण्डा बनायो । पार्टीका सदस्यहरुको धारणा बुझ्यो । अनि फैसला भयो । अब पार्टीले संस्थागत निर्णय गरिसकेको छ ।’

एमाले बाग्मतीको इन्चार्जसमेत रहेका नेता भट्टराईले विद्या भण्डारीले एमालेको केन्द्रीय कमिटीको फैसला मान्नेमा आफू विश्वस्त रहेको बताए । File Photo