काठमाडौं, ९ साउन । नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यता नवीकरण गरिसकेकोले यसलाई विवादमा पार्न नहुने बताएकी छिन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन् ।
उनले जारी गरेको वक्तव्यमा भनिएको छ,‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैंतिस वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरुप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना , मिहिनेत लागेको छ । यो कुरा म यहाँ कुनै भावानामा बगेर गरिरहेको छैन । बरु हाम्रा पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरु राखिरहेको छु । यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्ष ागर्न म देशभरका सबै एमाले पँक्तिमा आग्रह गर्दछु ।’







प्रतिक्रिया