काठमाडौं, ९ साउन । नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले कसैलाई लाग्दैमा आफ्नो पार्टी सदस्यता खान नसक्ने चूनौति दिएकी छिन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफ्नो एमालेमा राजनीतिक यात्रा नरोकिने स्पष्ट पार्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर चूनौति पेश गरेकी हुन् ।
राष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि पहिलोपटक गत असार १४ गते एमालेको राजनीतिमा फर्किएको र पार्टी सदस्यता नवीकरण गरेको खुलासा गरेकी भण्डारीले आज भने पहिलोपटक पार्टी सदस्यता रद्द गरेपछिको अवस्थामा पत्रकार सम्मेलन गरेर यस्तो धारणा राखेकी हुन् । कार्की बैंक्वेटमा पत्रकारहरूले घेरिएकी भण्डारीले सुरुमा लिखित मन्तव्य वाचन गरेकी थिईन् ।
दुई पेजको वक्तव्यमा उनले आफू अघि बढिसकेको र अब नरोकिने स्पष्ट पारिन् । उनले एमाले बनाउन आफ्नो पनि रगत र पसिना मिसिएको दाबी गरिन् । यस्तोमा पत्रकारहरुले ‘एमालेले तपाईंलाई एमालेको पार्टी राजनीतिमा आउन रोक्यो, अब के गर्नुहुन्छ?’ खरो प्रश्न राखेका जिथए । भण्डारीले पार्टी सदस्यता नवीकरण भैसकेकोले अब कसैल्े सदस्यता खान नसक्ने चेतावनी दिईन् ।
उनले भनिन्,‘‘कतिपय विषय आन्तरिक मामिला हुन्छन्, मैले अहिले सदस्यता नवीकरण गरेको हुँ, तर म पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ। जननेता मदन भण्डारीले मलाई शपथ खुवाएको हो विराटनगरमा। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्दैन ।’




प्रतिक्रिया