काठमाडौं । प्रदेश सरकार र केन्द्र सरकारले नै मधेशभरि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । खडेरी परेपछि सिंगो मधेशको जनजीवन यतिवेला प्रभावित भएको छ । नागरिक पिउने पानीको लागि हारगुहार गरेका छन् । नेपाली सेना नागरिकलाई पानी खुवाउन दलबलसहित फिल्डमा उत्रिएको छ ।
केन्द्र सरकारले विशेष राहत दिने घोषणा गरेको छ । तर, अहिलेसम्म राहत प्याकेज पुगिसकेको छैन । तीन महिनासम्मको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेर संघीय सरकारले विशेष सहयोग गर्ने भनेको छ । अहिले केन्द्र सरकारमा खानेपानी मन्त्रीको जिम्मेवारी मधेशबाट नै संसद्मा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले गरिरहेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओली दलबलसहित मधेश उत्रिए ।
उनी मधेश जानुको कारण पुलको शिलान्यास र प्रशासकीय भवनको उद्घाटन रहेको छ । महोत्तरी र पर्साको कार्यक्रम सकेर प्रधानमन्त्री ओली काठमाडौं फर्किएका छन् । मधेशको सुख्खाग्रस्त अवस्थाको भने प्रधानमन्त्री ओलीले हवाई अवलोकन गरेको तस्विर सार्वजनिक भएको थियो । उक्त तस्विरमा धेरैले जनतालाई राहत चाहिएको भन्दै त्यतातिर ध्यान दिन प्रधानमन्त्री ओलीलाई सुझाव आएको छ ।
अत्यधिक गर्मी र सुख्खाग्रस्त क्षेत्रको कारण मधेशको जनजीवन कष्टकर बनिरहेको छ । किसानहरु धान रोप्न नपाएर रोईरहेका छन् । सयौंको संख्यामा जनता भेला भएर वर्षाको कामना गर्दै पूजाआजामा लागेका छन् । मधेशको अवस्था के छ ? नागरिकको माग के छ ? भनेर बुझ्नको लागि प्राइम टिभीका प्रतिनिधिहरु फिल्डमै खटिएका छन् ।
टिभीका अध्यक्ष तथा पत्रकार ऋषि धमला आँफै आज मधेश ओर्लिएका छन् । उनले प्रधानमन्त्री ओलीको महोत्तरी भ्रमणको पनि लाईभ रिपोर्टङि गरेका थिए । केही धार्मिकस्थलको भ्रमण, स्थानीयहरुसँगको प्रत्यक्ष सम्वाद, मटिहानीको संस्कृत विद्यालयको जिर्णोवस्था देखाईसकेका धमला यतिवेला विशेष रौतहट पुगेका छन् ।
उनी आज, भोलि र आइतबारसम्म मधेशमै रहेर मधेशको कहालीलाग्दो अवस्थाको बारेमा सरोकारवाला, पीडित नागरिक र जनप्रतिनिधिहरुसँग प्रत्यक्ष सम्वाद गर्नेछन् । यसका अलावा स्थानीय सरकारका प्रमुखहरुलाई नागरिकको उपस्थितिमा त्यहाँको वस्तुस्थिति र विकासबारे पनि प्रत्यक्ष सम्वाद गर्ने धमलाको योजना रहेको छ ।
Related Video-Contents




प्रतिक्रिया