विद्या भण्डारीको राजनीतिमा पूनः सक्रियता अस्विकार्य : एमाले प्रचार विभाग प्रमुख गौतम


काठमाडौं, १० साउन । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पूनः राजनीतिमा सक्रियताको घोषणालाई अस्विकार गरेको छ। एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पूनः राजनीतिमा सक्रिय हुने कुरालाई अस्विकार गरेका छन् ।

हिजोमात्रै भण्डारीले एमालेको पूर्व उपाध्यक्षको रुपमा पत्रकार सम्मेलन गर्दै आफू अघि बढिसकेको भन्दै अब नरोकिने बताएकी थिईन् । उनले आफ्नो एमालेको पार्टी सदस्यता कसैले पनि खोस्न नसक्ने चुनौति दिएकी थिईन् ।

भण्डारीको प्रेस मिटको भोलिपल्ट आज एमाले नेता गौतमले नेपाल प्रेस सोसाइटीको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भने,‘उहाँ राष्ट्रपतिको पदमा निर्वाचित भएपछि स्वाभाविक रूपमा पार्टी सदस्यता नवीकरण नगरिएको हो। त्यसैले अहिलेको विवाद केवल प्रचारको विषय हो।’ गौतमले भण्डारीको सम्बोधनलाई नै शालिन भनेका थिए ।