काठमाडौं, १० साउन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठले आफूले राजनीति गरिरहुञ्जेलसम्म बारा जिल्ला नछोड्ने बताएका छन् । बारा क्षेत्र नम्बर ४ का जनताले आफूलाई धेरै माया र विश्वास गरेकोले अब यो क्षेत्र नछोड्ने उनको भनाई छ ।
हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले खानेपानीमन्त्री प्रदीप यादवले बेठिक गरिरहेको आरोप लगाए ।
उनले भने,‘खानेपानी मन्त्री प्रदीप यादवलाई पर्सा १ नम्बर क्षेत्रका जनताले भोट दिएर जित्नुभएको हो, यसमा कोही शक छैन । निर्वाचन क्षेत्रका जनताको काम गर्नुपर्छ । उहाँले पर्सामा बढि गर्नुभयो भनेर चित्त दुखाई होईन । मेरो चित्त दुखाई के हो भने त्यहाँमात्रै किन गरेको ? अन्तपनि गर्नुपर्यो ।’




प्रतिक्रिया