काठमाडौं, १० साउन । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा आउन नमिल्ने बताएका छन् । आज (शनिबार) नेपाल प्रेस सोसाइटीले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले कुनै पनि हालतमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने बताएका हुन् ।
नेता गौतमले विधानको धारा ८ र ९ ले भण्डारीलाई राजनीतिमा आउनबाट रोक्ने बताए । सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षलगायतको हकमा विधानको धारा ९ आकर्षित हुने उनले बताए । उनीहरु सदस्यता स्थगित गरेर जाने र पार्टी छाड्न नपर्ने तर राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्ने र पार्टी छाड्नुपर्ने उनले बताए ।
भण्डारी केन्द्रीय कमिटीको निर्णयले नै राष्ट्रपति बन्न गएको बताउँदै उनले सोही कमिटीले नै आउन मिल्दैन भनेपछि अब पार्टी राजनीतिमा आउने अर्को विकल्प नरहेको बताए । संविधानलाई जोडेर ‘मेरो मौलिक हक हो’ भन्ने कुराले अर्थ नराख्ने उनको भनाइ छ ।
‘केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसक्यो। संविधानलाई जोडेर मेरो मौलिक हक हो भन्ने कुराले अर्थ राख्दैन,’– उनले भने ।




प्रतिक्रिया