काठमाडौ, ११ साउन । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो देशका अधिकांश पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मधेस र लुम्बिनी बाहेकका सबै प्रदेशमा दिउँसो र राति वर्षा हुने अनुमान गरिएको हो।
कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। मधेस र लुम्बिनी प्रदेशमा भने केही स्थानमा मध्यम वर्षासहित हावाहुरी चल्न सक्छ।
आज राति देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। कोशी र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बाँकी तराई भूभागमा पनि थोरै स्थानमा वर्षा हुनसक्छ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना महाशाखाले जनाएको छ।




प्रतिक्रिया