सूर्यविनायकमा आधुनिक रंगशाला बनाउँदै छौं : प्रधानमन्त्री ओली


काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा आधुनिक रंगशाला बनाउने घोषणा गरेका छन् । खेल क्षेत्रको नेपालको दायरा फराकिलो हुँदै गर्दा दशरथ रंगशाला साँघुरो भएकोले अब सूर्यविनायकमा आधुनिक रंगशाला बनाउने घोषणा गरेका हुन् ।

यही विषयमा आज सूर्यविनायक नगरपालिका राखेप, एन्फाका पदाधिकारीहरुसँग आफूले छलफल गरेको बताए । सूर्यविनायकको जगातीमा ५० हजार दर्शक क्षमाको रंगशाला बनाउनको लागि जग्गा प्राप्तिलगायतका विषयमा आजको छलफलमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

सोबारे प्रधानमन्त्री ओलीले फेशबुकमा लेखेका छन्-

खेल क्षेत्रको हाम्रो दायरा फराकिलो हुँदैगर्दा दशरथ रंगशाला हामीलाई साँघुरो भएको छ। अब हामी भक्तपुर सूर्यविनायकमा आधुनिक रंगशाला बनाउँदै छौं। आज त्यस विषयमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीहरुसँग छलफल गरिएको छ। सूर्यविनायकको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशालाका लागि जग्गा प्राप्ति लगायत विषयमा महत्त्वपूर्ण कुराकानी भएको छ।