काठमाडौं,१३ साउन । समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक बस्न लागेको हो ।
बैठकमा मोर्चाका आगामी गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।




प्रतिक्रिया