समाजवादी कार्यक्रम ल्याउने मोर्चाको निर्णय


काठमाडौं, १३ साउन । समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ। नेकपा (एकीकृत समाजवादी) को मुख्यालयमा आज बसेको बैठकमा मोर्चालाई सक्रिय बनाउने र कार्यक्रम ल्याउनेबारे छलफल भएको छ । मोर्चा निस्क्रिय भएको विषयमा नेताहरुले आत्मालोचना गरेका थिए ।

अब निर्मतापूर्वक गल्ती तथा कमजोरी सच्याएर देश र जनताको हितमा समाजवादी कार्यक्रम ल्याउने भएको हो । अहिले देशमा व्यापक निराशा र आक्रोश बढेकाले सबै आक्रोशलाई सम्बोधन गर्नेगरि कार्यक्रम ल्याउने भएको हो । मोर्चाले भदौ अन्तिमबाट कार्यक्रम लिएर जिल्ला जिल्ला जाने भएको हो ।