काठमाडौँ, १४ साउन । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । राप्ती गाउँपालिका–६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरीको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लमही नगरपालिका–२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए ।
उनीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।




प्रतिक्रिया