काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सम्पन्न भएको छ। बैठकले यही शुक्रबारदेखि सुरु हुने स्थायी कमिटी बैठकको बैठकको एजेण्डा तय गरेको छ । प्रवक्ता अग्नि सापकोटाले आजको बैठकमा स्थायी कमिटीको बैठकको लागि के के एजेण्डा लैजानेबारे तय भएको जानकारी दिए ।
उनले भने,‘आजको बैठक अनौपचारिक हो । हामीले साउन १६ गतेबाट सुरु हुने स्थायी कमिटीको बैठकको एजेन्डा तय गरेका छौँ ।’ स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफ गर्ने तय भएको उनले जनाए। स्थायी कमिटीको बैठकले नै केन्द्रीय कमिटीको मिति तय गर्नेपनि आजको बैठकमा सहमति भएको छ ।




प्रतिक्रिया