दलको नेतामा पराजित भएका बागमतीका मुख्यमन्त्री बहादुरको प्रतिक्रिया : राजीनामा दिनुपर्ने कुनै आधार छैन, संविधानअनुसार चल्छु


काठमाडौं, १४ साउन । नेपाली कांग्रेसको बागमती प्रदेशको संसदीय दलमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । बानियाँले मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामालाई पराजित गरेका हुन् । बानियाँ मुख्यमन्त्री बन्नेगरि अघि बढेका हुन् । तर, लामाले बानियाँको मुख्यमन्त्री बन्ने बाटोमा अप्ठ्यारो सिर्जना गरिरहेका छन् ।

उनी सहजै मुख्यमन्त्री छोड्नेमा देखिँदैनन् । उनले दलको नेतामा हारेपनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान सुनाएका छन् । संविधानअनुसार चल्ने भन्दै उनले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् । दलको नेतामा बानियाँसँग पराजित भएपछि दिएको पहिलो प्रतिक्रियामा उनले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिए । उनले भने,‘र्मैले राजीनामा दिनुपर्ने कुनै आधार छैन । हामी संविधान अनुसार चल्ने हो ।’