काठमाडौं, १६ साउन । प्रहरीले गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गर्नुको कारण शान्ति सुरक्षामा खलल पुर्याएको दाबी गरेको छ । चक्रे मिलनसहित प्रहरीले हिजो (बिहीबार) राति चक्रपथबाट ४७ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई भद्रकालीस्थित् प्रहरी परिसरमा राखिएको छ ।
उनीहरु सबै जना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीबाट नियन्त्रणमा परेका हुन् । बर्थडे पार्टी सेलिब्रेशन गर्ने नाममा चक्र मिलनको समूहले सो क्षेत्रमा शान्ति सुरक्षामा खलल पुर्याएको प्रहरीको दाबी छ ।
पछिल्लो समय चक्रे मिलन गाडीहरुको लावालस्कर लगाएर हिँड्ने गरेका छन् । सोसल मिडियामा सार्वजनिक भिडिओहरुमा उनी ठूलो समूह लिएर हिँड्ने गरेका छन् ।




प्रतिक्रिया