काठमाडौं, २६ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) मा विलय नहुने बताएका छन् । उनले माओवादीसँग आफ्नो दलको एकता हुने स्पष्ट पारे । आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले माओवादी केन्द्रको महाधिवेशनलगत्तै आफ्नो दलसँग एकता हुने दाबी गरे । उनले माओवादीको महाधिवेशनअघि नै एकता हुनसक्नेपनि सम्भावना सुनाए । समाजवादी मोर्चामा रहेका सबै घटकहरुसँग एकताको लागि वार्ता तथा सम्वाद पनि भैरहेको उनको भनाई छ ।
माओवादी केन्द्रसँग एकता गर्नकै लागि डा. बाबुराम भट्टराईले पार्टीको नाम नेपाल समाजवादी पार्टी राखेको भएपनि एकता नगरी भागेको यादवको आरोप छ । नेसपाबाट गंगानारायण श्रेष्ठको समूह माओवादीमा प्रवेश गरेको उनले सुनाए । उनले माओवादीसँग एकताको लागि सहमति भैसकेको र त्यहीअनुसार पत्राचार भएको विश्वास दिलाए । उनले आफनो दलको ५५ जिल्लामा संगठन भएको जिकिर गरे ।




प्रतिक्रिया