काठमाडौं, २६ साउन । राष्ट्रिय मुक्ति पार्टी नेपालले कैलाली कारागारमा भएको घट्नामा सुरक्षा संयन्त्र असफल भएको निश्कर्ष निकाल्दै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ । पार्टीका प्रवक्ता रविन्द्र कुमार श्रेष्ठले आज एक विज्ञप्ती निकाल्दै गृहमन्त्रीले सो घट्नामा नैतिकताको जिम्मा लिँदै राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
सो दलले यो घट्नालाई अचानक भएको झडप भनेर लुकाउन खोज्ने प्रयासलाई अस्विकार गर्ने पनि भनेको छ । रामुपाले कैलाली कारागारमा भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ । कारागार प्रशासनको गम्भीर सुरक्षा लापरवाही र राज्यको उदासिनताले भरत चौधरीको ज्विन समयअगावै समाप्त भएको पनि सो दलले उल्लेख गरेको छ ।
यस्तो छ विज्ञप्ती





प्रतिक्रिया