काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली अगष्ट ३० (भदौ १४) गतेमा चीन भ्रमणमा जाने भएका छन् । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को सम्मेलनमा भाग लिनको लागि प्रधानमन्त्री चीन जान लागेका हुन् । सो सम्मेलनमा भाग लिनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाने भएका छन् ।
चीनको तियानजीनमा आयोजना हुने समिटमा प्रधानन्त्री ओलीलाई सहभागिताको लागि निम्तो आएको उच्चस्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले सो सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।
भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाने कुरा यसअघि नै सार्वजनिक भएको छ । तर, नेपालका प्रधानमन्त्री ओलीको भ्रमणबारे भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । file photo




प्रतिक्रिया