प्रतिनिधिसभा बैठक सुरू


काठमाडौं, २७ साउन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु उठेर विरोध जनाएका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपा सदनमा आन्दोलित छन् । उनीहरुले उच्चस्तरीय संसदीय वा न्यायिक छानबिन आयोग नबनाएसम्म सदनको अवरोध जारी राख्ने अडान लिएका छन् ।