काठमाडौं, ३० साउन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता आजै हुँदैछ। भेटवार्ताको सम्पूर्ण तयारी पूरा भएको दुवै पक्षका सरकारी अधिकारीहरुले जनाएका छन् । सो भेटवार्ताको लागि रूसी विदेशमन्त्री सेर्गेई लाभ्रोव वार्तास्थल अलास्का पुगिसकेका छन् ।
उनी युएसएसआर लेखेको स्वेटेर लगाएर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी दुई देशका राष्ट्रपतिले वार्ता गर्ने होटेल एकांरेजमा पुगेर रूसले अमेरिकासँग स्पष्ट विचार र आफ्नो पोजिसन राख्ने प्रतिक्रिया दिएका छन् ।
Photo Source: @zarubinreporter/Telegram




प्रतिक्रिया