काठमाडौं, २ भदौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँले राजनीतिक दल खोल्ने उद्घोष गरेका छन् । आज (सोमबार) आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले राजनीतिक दल खोल्नेबारे खुलासा गरेका हुन् ।
‘मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय स्वाभिमान, स्थिरता, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकको रक्षाका लागि मलगायत हाम्रो अभियान र अभियानका साथीहरुले राजनीतिक दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौं,’– उनले भने ।
उनले आफ्नो लागि अब परिवारभन्दा पनि नेपाल र नेपाली प्राथामिकताको विषय बनेको बताए । आफू एक व्यवसायी भएर राजनीतिमा संलग्न हुने रहर पटक्कै नरहेको र नभएको पनि उनले बताए । राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा सुधारका लागि राजनीतिमा संलग्न हुनु बाध्य भएको उनको भनाइ छ ।
मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय स्वाभिमान, स्थिरता, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकको रक्षाका लागि आफू राजनीतिमा आएको उनले बताए ।




प्रतिक्रिया