लिपुलेक नेपालको भूमि हो, कुटनीतिक माध्यमबाट समाधान खोज्छौं : सरकारका प्रवक्ता गुरूङ


पोखरा, ६ भदौ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भारतसँगको सिमा विवाद कुटनीतिक वार्ताबाट समाधान गरिने बताएका न् । उनले लिपुलेक नेपालको भूमि भएकोले यसबाट नेपाल पछि नहटेको दाबी गर्दै अब यो विषय डिप्लोम्याटिक चरणमा पुगेकोले अब त्यही माध्यमबाट समाधान खोजिने बताएका हुन् ।

आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हालै भारत र चीनले नेपाली भूमि लिपुलेक पास हुँदै व्यापारिक नाका पूनः सञ्चालन गर्ने बारे गरेको सहमतिलाई लिएर नेपालको सडकदेखि सदनसम्म तातेको छ ।

यही सन्दर्भमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरूङ्ले यस्तो बताएका हुन् । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको स्वामित्वमा रहेको भूमि भएको बताए । भारत र चीनले ती भूमिमा दुई देशको व्यापारको नाममा करिडोर वा सडक बनाउन नपाउने उनको भनाई छ । file photo