काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले आफूहरुलाइ सत्तापषले नैतिकता सिकाउन नपर्ने बताएकी छिन् । उनले कांग्रेस र एमालेले आफ्नो कमजोरी स्वीकार नगर्ने तर अरूलाई आरोपित गर्ने सत्तापक्षमा नै डबल स्ट्याण्डर्ड देखिएको भन्दै एमाले सचिव योगेश भट्टराईलाई कडा जवाफ फकाईन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले अहिलेको सरकार मन्त्रीसँगै जोडिएर गम्भीर आरोप लाग्दासमेत चुप लागेर बसेको भन्दै प्रश्न उठाईन् । उनले भनिन्,‘संवैधानिक परिषदको बैठक महिनौंसम्म नबसी अति महत्त्वपूर्ण पदहरू रिक्त गरिएको छ। विभिन्न किसिमका गम्भीर मुद्दामा राजनीतिक, प्रशासनिक साँठगाठलाई निरन्तरता दिइरहेको छ। दुई तिहाइको सकारले जनताको समस्या समाधान गर्न ३० प्रतिशत पनि अग्रसरता देखाएको छैन। मन्त्रीसँगै जोडिएर गम्भीर आरोप लाग्दासमेत यसपटक सरकार चुप बसिरहेको छ।’




प्रतिक्रिया