माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित


काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक स्थगित भएको छ । आज (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यवस्तताको कारण आजको बैठक स्थगित भएको बताइएको छ ।

बैठकमा पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको थियो ।

माओवादी केन्द्र कार्यालय सचिव गणेशमान पुनले बैठक आज नबस्ने पुष्टि गरे । ‘बैठक आजको लागि तय भएको थियो । पार्टी अध्यक्ष प्रचण्डको व्यवस्तताको कारण अहिलेलाई स्थगित गरिएको हो,’– उनले भने ।