काठमाडौं, १० भदौ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले संघीय शिक्षा विधेयकमा शिक्षकहरुको ९९ प्रतिशत माग पूरा भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा, गोल्डेन ह्यानसेक, उमेर हद नलाग्नेलगायतका प्रावधान राखेर शिक्षकहरुको माग सम्बोधन गरिएको बताएका हुन् । ‘६० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धा भनेको छ । गोल्डेन ह्याण्डसेक दिने भनेको छ । अनि उमेरको हद लाग्दैन भनेको छ । त्यहाँभन्दा बढी के गर्ने ? स्वतः स्थायी गराउन सकिँदैन,’– उनले भने ।
साथै, उनले निजी विद्यालयको सन्दर्भमा पनि विधेयकले न्याय गरेको बताए । शिक्षाको नीति नै हुनेबाट लिनुपर्यो र गरिबलाई दिनुपर्यो भन्ने नीति रहेको उनले बताए । ‘छात्रबृत्ति दिने भनेको छ । जसलाई पनि दिने । आफूलाई मन लागेका मान्छेहरुको नाम लेखेर पठाए पनि हुने यस्तो गैरजिम्मेवार कामबाट यो विधेयकले अब गरिब, विपन्न वर्गको विद्यार्थीलाई निजी विद्यालयले पठनपाठन गराओस् भन्ने हो । गरिबप्रति सबै उत्तरदायी हुनुपर्यो,’– उनले भने ।




प्रतिक्रिया