काठमाडौं, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा सांसद मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । भण्डारीलाई भेट्न झा आज बुढानिलकण्ठ पुगेका थिए । डेढ घण्टाको छलफलमा राजनीतिक विषयमा कुराकानी भएको झाले जनाए । उनले आजको भेटलाई शिष्टाचार भेटको संज्ञा दिएका छन् ।
उनले वर्तमान असाधारण राजनीतिक अवस्थाबारेमा भण्डारीको सरोकार रहेको पनि जनाए । यस्तै, सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति भण्डारीले सरोकार राखेको र रास्वपाका सभापति रवि लामिछानेप्रति सद्भाव छ भनेको पनि झाले जनाए ।
यस्तै, नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको भण्डारीको प्रतिक्रिया थियो । नयाँ पुस्ताप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको र नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार रहेको भनेर भण्डारीले भनेको पनि झाले जानकारी गराएका छ् ।




प्रतिक्रिया