काठमाडौं, १० भदौ । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को यही भदौ २० गतेदेखि २२ गतेसम्म चल्ने विधान महाधिवेशन महाधिवेशनको तयारी तिव्र पारिएको छ । एमालेले सो विधान महाधिवेशनको लागि मूल नारासमेत तय गरेको छ ।
एमाले नेता डा. राजन भट्टराईले दिएको जानकारीअनुसार विधान महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय भएको छ । उक्त विधान महाधिवेशन ललितपुरको सनसराईज हलमा हुनेछ ।




प्रतिक्रिया