काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने निश्चित् भएको बताएका छन् । चीनको तियान्जिनमा आयोजना हुने सांघाई कोअपरेशन अर्गनाईजेशनको सम्मेलनमा भाग लिनको लागि प्रधानमन्त्री ओली यही अगष्ट ३१ मा चीन जाने भएका हुन ।
एमाले नेता रिजालले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने जानकारी दिए । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले प्रधानमन्त्री ओलीले तीनै जना नेतासँग भेट्ने बताएका हुन् ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने पनि निश्चित् भएको रिजालको भनाई छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो पठाईसकेका छन् । प्रधानमन्त्री ओली यही भदौ ३१ गते भारत जाने भनिएको छ । भ्रमणको तयारीको लागि दुवै देशका उच्चपदस्थ अधिकारीहरु सक्रिय छन् । file photo




प्रतिक्रिया