काठमाडौं, १२ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । भोलि प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसको अघिल्लो दिन आज सभामुखले प्रमुख पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।
आजको छलफलमा संसद्को क्यालेण्डर तय गरिने जनाईएको छ । संसद्मा प्रतिनिधित्व गर्ने चौथो ठूलो दल रास्वपा र पाँचौ ठूलो दल राप्रपा भने आन्दोलित छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिन समितिको माग गरेका छन् । तर, सरकारले अहिलेसम्म उनीहरुको माग सुनुवाई गरेको छैन ।




प्रतिक्रिया