काठमाडौं, १३ भदौ । नेकपा (एमाले)का सांसद किरणकुमार साहले वर्तमान गृहमन्त्री रमेश लेखकलाई असफल गृहमन्त्रीको संज्ञा दिएका छन् । उनले गृहमन्त्री लेखकसँग गृहमन्त्रालय चलाउने क्षमता नभएको हो भने आफूलाई सो मन्त्रालयको नेतृत्व गर्न दिन भनेर मागेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आफूलाई एक महिनामात्रै गृह मन्त्रालयको नेतृत्व गर्न दिए शान्ति, सुरक्षा, अमनचयन र सुशासन के हो भनेर देखाईदिने चूनौति दिए । उनले गृहमन्त्री लेखककै लापरवाही र कमजोरीको कारण शान्ति, सुरक्षा कायम हुन नसकेको आरोप लगाए ।
उनले सुशासनको नारा लगाउनेहरुको पालामा नै देश अपराधको दलदलमा डुबेको आरोप लगाए । उनले भने,‘हाम्रो मुलुक कहाँ जाँदैछ ? के यही हो हामीले सपना देखाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ? सुशासनको नारा लगाउनेहरुको पालमा आज देश कुशासन र अपराधको दलदलमा डुबिरहेको छ । रौतहटमा केवल २५ दिनभित्र ५ जना नागरिकले ज्यान गुमाएका छन् । रुबी शाहको लाश सुटकेशभित्र फेला पर्छ, रोमा साहको लाश विश्रामपुरमा बेवारिसे अवस्थामा भेटिन्छन् । शाहवुद्धिन मियाको हत्या चक्कु प्रहारबाट हुन्छ । लक्ष्मण पासमानले आफ्नै शरिरमा आगो लगाएर हुन्छ । उपेन्द्र भगत गेष्टहाउटमा मृत्त भेटिन्छन् । यी घट्नाले प्रष्ट देखाउँछ कि गृहमन्त्रीको जनताको जीउधनको सुरक्षामा असफलता हो । गाउँ शरमा त्रासको वातावरण छ ।’
उनले आज जनताले सरकारले अपराधीको संरक्षण गरेको भनेर प्रश्न उठाइरहेको पनि आरोप लगाए ।




प्रतिक्रिया